पाँचथर । पाँचथर गोल्डकपको पाँचौ संस्करण अर्को साताबाट सुरु हुँदैछ । पाँचौ पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । फागुन २४ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागे सँगै सम्भाबित बिजेता टोलीको समेत अनुमान गर्न समर्थकहरुले सुरु गरेका छ । प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । पाँचौ संस्करणको पाँचथर गोल्डकपमा ए डिभिजनका ४ क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ११ लाख १ हजार, दोस्रोले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । २४ गते आयाेजक र पथरी ११ बिच उद्घाटन खेल हुनेछ ।
प्रतियोगितामा फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लब फुटबल क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ । फागुन २८ र २९ गते सेमिफाइनल तथा चौत्र २ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ । २०७४ सालबाट सुरु भएको पाँचथर गोल्डकपमा झापाको बिर्तामोड युनाइटेडले २ पटक उपाधि जित्दा मोरङको डाँगिहाट फुटबल क्लबले एक पटक उपाधि जितेको छ । २०८० सालमा भएको चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । २ पटक उपाधि जितेको बिर्तामोड , एक पटकको बिजेत डाँगिहाट फुटबल क्लब र साबिक बिजेता आर्मीको टोली यस पटक सहभागि छैन् ।
२०७४ मा भएको पहिलो पाँचथर गोल्डकप प्रतियोगितामा शसस्त्र प्रहरी बल (एपिएफ) लाई हराउदै बिर्तामोड युनाइटेडले उपाधि जितेको थियो । २०७५ मा भएको दोश्रो संस्करणको पाँचथर गोल्डकप प्रतियोगिताको उपाधि पनि बिर्तामोड युनाइटेडलेनै जितेको थियो । फाइनलमा न्यु स्टार क्लब सुनसरीलाई हराउदै बिर्तामोडले उपाधि जितेको थियो ।
२०७६ मा भएको तेस्रो संस्करणको पाँचथर गोल्डकपको उपाधि मोरङको डाँगिहाट फुटबल क्लबले जितेको थियो । भारतको युनाइटेड फुटबल क्लब दार्जीलिङ लाई हराउदै डाँगिहाट फुटबल क्लबल उपाधि जितेको थियो । २०७६ पछि रोकिएर २०८० सालमा भएको चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । आर्मी पहिलो पटक पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको थियो ।
आयोजक पाँचथर क्लबलाई ४–२ ले हराउँदै आर्मीले उपाधि जितेको थियो । पाँचथर गोल्डकपका पहिलो ,दोश्रो र तेस्रो ३ वटै संस्करणमा वर्षा हुँदा प्रतियोगिता प्रभावित भएको थियो । ३ वटै संस्करणको फाइनल खेल झरी र हिलो खेलमैदानमा भएको थियो । २०७६ पछि बिभिध कारणले प्रतियोगिताले निरन्तरता पाउन सकेको थिएन् ।
यस पटकको बिजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ तथा उदीयमान खेलाडी र सर्वोकृष्ट खेलाडीले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक बिमा गरिएको आयोजकले जानकारी दिएकाछन् । व्यवस्थित खेलमैदान नभएको र बाँसको अस्थाइ प्यारापिटबाट दर्शकले खेल हेर्न पर्ने भएकाले दर्शकको समेत बिमा गरिने आयोजकले जनाएको छ ।