पाँचथर । यसै साता सुरु हुने पाँचौ पाँचथर गोल्डकपमा दर्शकले समेत पुरस्कार जित्ने भनेर आयोजकले विज्ञापन गरिरहेका छन् । धेरै फुटबलप्रेमीहरुलाई दर्शकले कसरी पुरस्कार जित्ने ? भन्ने जिज्ञसा समेत सुरु भएको छ । पाँचथर क्लबको आयोजनामा फागुन २४ गते सुरु हुने प्रतियोगितामा दर्शकले जित्ने पुरस्कार फ्यान अफ दि म्याच हो ।
फ्यान अफ दि म्याचको पुरस्कार जित्नलाइ तपाँईले कुनै टिमको समर्थन गर्दा मैदानमा भएका अरु दर्शकहरुले भन्दा फरक तरिकाले (फरक शैलीमा ) , सबैको ध्यान तान्ने गरि समर्थन गर्नु भयो धेरैको नजर तपाँई तर्फ पर्यो भने तपाईले फ्यान अफ दि म्याचको पुरस्कार जित्नु हुनेछ ।
यसमा तपाँईले गर्ने हुटिङ, तपाँईले प्रर्दशन गरेको ब्यानर, लगाएको पोशाक लगायतका कुराहरुले अरुको ध्यान तपाँई तर्फ पर्यो र तपाईले फ्यान अफ दि म्याचको पुरस्कार जित्नु भयो भने नगद २ हजार ५ सय प्राप्त गर्नु हुनेछ ।
ए डिभिजनका ४ क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले ११ लाख १ हजार, दोस्रोले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा फागुन २५ गते चर्च व्वाइज फुटबल क्लब र भारतको हिल्स फुटबल एकेडेमी बीच प्रतिस्पर्धा हुने छ । फाल्गुन २६ गते मच्छिन्द्र फुटबल क्लबले हिमालय शेर्पा क्लब फुटबल क्लबको सामना गर्नेछ ।
फागुन २७ गते सप्तरीको नमोबुद्ध युथ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ । फागुन २८ र २९ गते सेमिफाइनल तथा चौत्र २ गते फाइनल हुनेछ । हरेक खेलको म्यान अफ दी म्याचले ७ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
सर्वोत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले समान १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।