झापा । बिर्तामोड बसपार्क नजिक एक जना पुरुषको शव फेला परेको छ । बसपार्क पूर्वपट्टि रहेको चिया बगानमा पुरुषको शव दुर्गन्धित अवस्थामा फेला परेको हो ।
शवसँगै फेला परेको नागरिकताका आधारमा मृतक फिदिम नगरपालिका वडा नँ ७ रानीटार निवासी टेकबहादुर गुरूङका छोरा ३८ वर्षीय कुमार गुरूङ रहेको प्रहरीले जनाएको छ ।
आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको अवस्थामा शव फेला परेको हो । करिब एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।