पाँचथर । हुनेले दिने नहुनेले लिने भन्ने नारा सहित स्थापना भएको हेल्प टुगेदर फाउण्डेशनले पाँचथर सदरमुकाम फिदिममा गर्ने ३ दिने बृहद सांस्कृतिक तथा फोटो प्रर्दशनी मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । आगामी माघ ३० गतेदेखि फागुन २ गतेसम्म चल्ने मेलाको पहिलो दिन बिपन्न तथा निम्म आय भएका नागरिकहरुलाई निशुल्क कपडा वितरण,फिदिम नगरपालिका भित्रका पर्यटकिय स्थालहरुको प्रतियोगित्मक फोटो प्रर्दशनी, स्थानिय लोक सँस्कृतिकको प्रर्दशन, विभिन्न जातजातीहरुको नृत्य प्रर्दशन रहने जनाइएको छ ।
मेलाको दोेश्रो दिन फोटो प्रर्दशनी सहित बिभिन्न कार्यक्रमहर रहने जनाइएको छ । फागुन २ गते अन्तिम दिन कलाकार दिपक बज्रर्चाय र रिदम ब्याण्डको सहित लागु औषध विरुद्ध श्रव्यदृष्य सहितको कार्यक्रम स्थानिय कलाकाल सहितको बृहद साँस्कृतिक प्रस्तुति, लाखे र झाँकी प्रर्दशनी, लागु औषध विरुद्ध प्रिमियस भुटियाको मन्तव्य रहने हेल्प टुगेदर फाउण्डेशनका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
‘ बृहद सांस्कृतिक तथा फोटो प्रर्दशनी मेला आयोजना गर्नाले फिदिम नगरको ऐतिहासिक धरोहरहरुको संरक्षण र संवद्र्धनमा र प्रचारमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ बुढाथोकीले भने ‘यसबाट फिदिमको विविध सांस्कृतिक, र अन्य पर्यटकीय स्थलको प्रचार–प्रसार हुने आशा छ ।’
वर्तमान युवा पिँढी लागु औषधको दलदलमा फस्दै गएकाले युवाहरु माझ लोकप्रिय रहेका प्रिमियस भुटियाको मन्तव्यले युवा पिँढीलाई लागु औषधको दुर्व्यसन बिरुद्ध सचेतना जगाउन यस्तो मेला महत्त्वपूर्ण हुने आयोजकको भनाई रहेको छ ।
दिपक बज्रचार्यको जम्बो टोली साँगेतिक प्रस्तुती सहित फिदिम आउँदै
साढे दुई दशकअघिदेखि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्रचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्डसहित फागुन २ गते प्रेम दिवशको दिन फिदिम आउने भएका छन् । हेल्प टुगेदर पाँचथरको आयोजनामा बृहद साँस्कृतिक तथा फोटो प्रर्दशनी मेलामा फागुन २ गते प्रेम दिवशको दिन साँगेतिक प्रस्तुती दिनेगरी आफ्ना टोलीसहित आउन लागेको हेल्प टुगेदर पाँचथरका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
आफ्नै साउण्ड इन्जिनीयर, संगीतकार तथा प्राविधिकहरुसहित फिदिममा ३ घण्टा लामो साँगेतिक प्रस्तुती दिने कार्यक्रम तय भएको बुढाथोकीले बताए । यस वर्ष प्रदर्शनी मेलामा साँस्कृतिक कार्यक्रमलाई फरक र विशेष बनाउने प्रयास स्वरुप चर्चित दिपक बज्रचार्यलाई फिदिम ल्याउन लागिएको उनले जानकारी दिए ।
पछिल्लो गीत मनमगनबाट धेरै नै चर्चा कमाएका बज्राचार्यले आफ्ना नयाँ पुराना गीतहरु गाउनेछन् । काली काली हिस्सी परेकी…, ओ अमिरा…, समय.., कत्ति बस्छौ माईतीघरमा.., अँध्यारोमा.., मायाको डोरीले.., जाऊ फर्केर जाऊ.., म कुनै ऋतु हैन.., तिमीलाई भुलेको छैन.., नदुखेको मन जानी जानी…, झुमी झुमी…, सानी हुँदै मनमगनजस्ता थुप्रै हिट गीतहरुबाट फिदिमका दर्शक नचाउनेगरी बज्रचार्यको रिदम ब्याण्ड फिदिम आउन लागेको हेल्प टुगेदर पाँचथर अध्यक्ष सुसिल श्रेष्ठले जानकारी दिए ।
‘टिनएज, युथ तथा वल्ड जेनेरेशनलाई समेत दिपक बज्रचार्यको संगीतले नचाउने छ । यही अपेक्षाले उनलाई फिदिममा आमन्त्रण गरेका हौं ।’ श्रेष्ठले भने, ‘देश तथा विदेशमा समेत साँगेतिक प्रस्तुतीमा व्यस्त हुने उनको ब्याण्डलाई प्रदर्शनी मेलामा सस्तो टिकट दरमा हेर्न पाउनुनै यहाँका दर्शकका लागि फाइदा हो भन्ने हामीले ठानेका छौं ।’ गत वर्षमात्रै उनले बजारमा ल्याएको ‘काँचो माया…’बोलको गीतले डेढ करोड बढी भ्यूज बटुलेको छ । विशेष गरी उनले नेवारी धिमे बाजासहित विभिन्न साँगेतिक कार्यक्रमहरुमा दिने गरेका प्रस्तुतीले दर्शकको मन लोभ्याउने गरेको छ । कुनै समय साँगेतिक क्षेत्रमा छुट्टै पहिचान र उचाई छुन सफल उनी अहिले पनि साँगेतिक क्षेत्रमा उत्तिकै व्यस्त र महङ्गा कलाकारहरुको लिस्टमा पर्ने गर्दछन् ।
दिपक बज्रचार्यको प्रस्तुतीमा दर्शको भिड व्यवस्थापनका लागि सोही अनुसार सुरक्षा व्यवस्था तथा स्टेज व्यवस्थापनमा गरिने आयोजकले बताएका छन् ।