तुलसी सिटौला (तेह्रथुम) । तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुंगा अर्चले चिसापानिमा बिहीबार चार जनाले एक व्यक्तिलाई सामुहीक कुटपिट पछि जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका छन ।
अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका ४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानिमा ४ जनाको समुहमा रहेका स्थानिय युवाहरुले बाटो छेकेर कुटपिट गरेका थिए । घाइते भइ ढलेका प्रसाईलाई सेउला र झिक्राले छोपी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ । घाइतेको जिल्ला अस्पताल पॉचथरमा सामन्य उपचार पछी थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पताल लगिएको बताईएको छ । कुटपिटमा संलग्न चार जनालाई नै पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सक्रान्ति बजारका प्रमूख बिशाल लिम्बुले जानकारी दिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सक्रान्तिले जनाएको छ ।