झापा । आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ। १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिनेलाई प्रहरीले पक्राउ गरेको हो।
साथीसंग घुम्न हिडेकी भन्दै छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्। आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको पक्राउ परेका पुरुषका श्रीमतीले बताइन् ।
यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए ।उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।