पाँचथर । फिदिममा सम्पन्न भएको अन्तर विद्यालय टी–१० क्रिकेटक प्रतियोगिताको उपाधि नयाँ नमुना माबिले जितेको छ ।
जिल्ला क्रिकेट संघ पाँचथरको आयोजनामा भएको प्रतियोगिताको बिहीबार सम्पन्न फाइनल खेलमा फिदिम माबिलाई माविलाई ४८ रनले पराजित गर्दै नयाँ नमुना माबिले उपाधि जितेको हो। उपाधि जितेको नयाँ नमुना माबिले नगर १० हजार प्राप्त ग¥यो । उपबिजेता बनेको फिदिम माबिले नगद ७ हजार ५ सय प्राप्त ग¥यो ।
टस जितेर ब्याटिङ गरेको नयानमुनाले निर्धारित १० ओभरको खेलमा ९ ओभरमा सबै विकेट गुमाई ८० रनको स्कोर बनाएको थियो। ८१ रनको लक्ष्य पछ्याएको फिदिमले ९ ओभरमा १० विकेट गुमाई ३३ रनमा बनाउन सक्यो ।
नयाँनमुना माबिका अभय रिजाल प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत भए। उन नगद ११ सय सपहत ट्रफि र मेडल प्राप्त गरे ।
माघ १६ गतेदेखि भएको नकआउटको आधारमा खेलाइने प्रतियोगितामा फिदिम बजार क्षेत्रका ६ वटा निजी र सामुदायिक विद्यालय सहभागी थिए।
विजयी खेलाडीलाई फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेक्बे, नेपाली कांग्रेसका निवर्तमान सभापति नरेन्द्रकुमार केरुङ र उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य दिपक नेपाल लगायतले पुरस्कार तथा ट्रफि वितरण गरेका थिए।
विद्यार्थी क्रिकेट खेलाडीहरुमा भएको क्षमताको विकास गर्न र विद्यालयस्तरबाटै खेलाडी उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले फिदिमका बजार क्षेत्रका विद्यालयको सहभागितामा प्रतियोगिता आयोजना गरिएको र निकट भबिष्यमा पाँथर भरीका बिद्यालयहरुलाई समेटेर प्रतियोगिता आयोजना गरिने जिल्ला क्रिकेट संघ पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिएका छन् ।
कक्षा कोठाको सिकाइमात्रै नभई विद्यार्थीको अतिरिक्त क्रियाकलापमा पनि विकास गर्न जरुरी हुन्छ । विद्यार्थी प्रति बढेको क्रिकेटको मोहलाई ध्यानमा राखेर नै संघले प्रतियोगिता आयोजना गरेको अध्यक्ष लामाले बताए ।
अन्तर विद्यालय स्तरीय टी–१० क्रिकेटको उपाधि नयाँ नमुना माबिलाई
अन्तर विद्यालय स्तरीय टी–१० क्रिकेटको उपाधि नयाँ नमुना माबिलाई

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस