पाँचथर । फोटोको माध्यमबाट फिदिम नगरपालिकाको बारेमा जानकारी दिन हेल्प टुगेदर फाउण्डेसन पाँचथरको आयोजनामा फिदिम स्तरिय २ दिने प्रतियोगितात्मक फोटो प्रदर्शनी आयोजना हुने भएको छ । प्रर्दशनी पाँचथर सदरमुकाम फिदिममा आयोजना हुने छ ।
आयोजकका अनुसार माघ ३० गते प्रतियोगितात्मक फोटो प्रदर्शनीको उद्घाटन् भइ फागुन २ गते सम्म प्रर्दशन रहने र सोहि दिन निर्णयकहरुबाट छानिएका फोटोहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
दुई दिनसम्म चल्ने प्रदर्शनीमा फिदिम नगर भित्रका प्रकृतिक सुन्दरता, हिमश्रृखलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, पार्टी पैवा, सभ्यता, संस्कृति धार्मिक क्षेत्र ,मेला जात्रा, ग्रामिण जिवनशैली, स्वच्छ र सफा वातावरण लगायतक विभिन्न विधामा आधारित फोटोहरू पर्दशनीमा राखिने हेल्प टुगेदर फाउण्डेसनका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
३ बर्षदेखि संकलन गरेर तस्बिरहरू प्रदर्शनीमा राखिने बताइएको छ । बुढाथोकीका अनुसरा फिदिम निकै सुन्दर र सम्भावित पर्यटकीय स्थल भएकोले प्राकृतिक, धार्मिक जिवनशैली, कला, संस्कृतिक, मुल्य मान्यता लगायतका बिषयहरूलाई प्रचार प्रसार गर्न फोटो प्रदर्शनी गरेको बताए।
फिदिम नगरको पर्यटन प्रवद्र्धनको लागि आयोजना गरेको फोटो प्रदर्शनीलाई फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेको थियो ।
प्रतियोगितात्का फोटो प्रर्दशनीमा सहभागि हुन आएका फोटो मध्येबाट छनोटकर्ताहरुको छनोटबाट ४८ वटा फोटोहरु प्रदर्शनी गरिने बताइएको छ । ४८ वटा फोटोहरु मध्ये उत्कृष्ट ३ वटा फोटोहरुलाई पुरस्कृत गरिएको सचिब बुढाथोकीले जानकारी दिए ।
प्रथमहुनेले नगद १५ हजार, द्धितिय स्थान हासिल गर्ने फोटोले नगद १० हजार प्राप्त गर्दा तृतिय स्थान गर्ने फोटोले ५ हजार प्राप्त गर्ने जनाइएको छ । सहभागि हुन चाहाने हरुले हेल्प टुगेदर फाउण्डेसनकाे फेसबुक पेजमा रहेकाे सूचना हेरेर सहभािगता जनाउन सकिनेछ ।