पाँचथर । जिल्लाको एक मात्र नगरपालिक फिदिम नगरपालिकाले विपन्नसँग नगरप्रमुख कार्यक्रम मार्फत क्षेत्रभित्रका नागरिकले किरिया खर्च दिने भएको छ । फिदिम नगरपालिकाले विपन्नसँग नगरप्रमुख कार्यक्रम कार्यान्वयन सम्बन्धी मापदण्ड २९८१ लागु गरे सँथै नगरक्षेत्रका नागरिकलाई नगरपालिकाले किरिया खर्च दिने निर्णय गरेको हो ।
सोमबार नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरु सार्बजनिक गरिएको हो ।
‘बिपन्नसँग नगर प्रमुख’ कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरेको छ । जसअन्तर्गत मृतकका परिवारलाई काज किरिया खर्च नगरपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो । नगरपालिका भित्र स्थायी रुपमा बसोबास गरेका परिवारका सदस्यहरुको मृत्यु भएमा १० हजार रुपैँयाका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय भएको मेयर मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
त्यस्तै ‘कोखदेखि शोकसम्म’ कार्यक्रम मार्फत छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो । गर्भवती महिला, ७५ बर्ष माथिका ज्येष्ठ नागरिक र ‘क’ बर्गको अपाङ्गता परिचय वाहकलाई जिल्ला अस्पतालसम्म ल्याउन र घर फर्काउनका लागि शत प्रतिशत छुट दिने निर्णय भएको हो ।
नगरक्षेत्रका अन्य नागरिकलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको मेयर काफ्लेले जानकारी दिए । यस्तो सुविधा निलका लागि सेवाग्राहीले नजिकको स्वास्थ्य संस्थाको बिशेषज्ञ वा स्वास्थ्यकर्मीको सिफारिश लिनुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै नगरक्षेत्रभित्र आयोजना गरिने मेला, महोत्सव, सांस्कृतिक तथा खेलकुद प्रतियोगिताहरुका लागि नगरपालिकाले आर्थिक सहयोग गर्दा नगरपालिकालाई स्वतः प्रबद्र्धक र मूख्य प्रबद्र्धक हुने शर्त राखेर सहयोग गर्ने निर्णय गरिएको हो । अबदेखि तीन लाखभन्दा माथिको आर्थिक सहायता उपलब्ध गराउँदा नगरपालिकालाई अनिवार्य रुपमा मूख्य प्रबद्र्धक स्वीकार गर्नुपर्ने निर्णय गरिएको हो ।