पाँचथर । फिदिममा जारी फिदिम भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधिको लागी आज आयोजक फिदिम भेट्रान्सले बिर्तामोडको रेडस्टार क्लबको सामाजा गर्दै छ । दबै टोलीको लक्ष्य उपाधि रहनेछ ।
पूर्व राष्ट्रिय खेलाडीहरु र ए डिभिजन खेलीसकेका खेलाडीहरुले भरिएको रेडस्टार क्लब बिर्तामोड फिदिमको लागी कठिन प्रतिस्पर्धि भए पनि फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । दुबै खेलमामा टाइब्रेकरमा जितेर फाइनल पुगेको फिदिम आज पनि सोहि नतिजाको अपेक्षामा छ ।
निकै प्रभाब जित निकाल्दै उपाधि नजिक पुगेको रेडस्टारले पहिलो क्वाटरफाइनलमा साबिक बिजेता गोरख भेट्रान्स इलाम लाई ३–० गोलले हराउदै सेमीफाइनल प्रबेश गरेको थियो । सेमिफाइनल खेलमा पाँचथरको बौद्ध भेट्रान्स रानिटार लाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको थियो ।
पूर्व राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङ र बिशाल राइ सहित अन्य अनुभबि खेलाडीहरुको साथ रेडस्टारलाइ रहनेछ । यता क्वाटरफाइनल खेलमा आयोजक फिदिम भेट्रान्सले दार्जिलिङको युनाइटेड फ्रेन्ड क्लबलाई टाइब्रेकरमा ४–१ गोलले हराउदै सेमीफाइनल प्रबेश गरेको थियो । सेमिफाइनलमा दुधे भेट्रान्स झापा लाई टाइब्रेकरमा ३–१ गोलले हराउदै फिदिम उपाधि नजिक पुगेको हो । दुबै खेलमा फिदिमका गोलरक्षक रोशन श्रेष्ठले प्रभाबशालि प्रर्दशन गरेका थिए ।
आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार र दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
शनिबार हुने फाइनल खेल
फिदिम भेट्रान्स बिरुद्ध रेडस्टार क्लब बिर्तामोड
दिउसो १ बजे