पाँचथर । फिदिममा जारी फिदिम भेट्रान्स कप फुटबल प्रतियोगितामा सेमिफाइनलका खेल जित्दै फिदिम भेट्रान्स क्लब र रेडस्टार क्लब बिर्तामोड फाइनलमा प्रबेश गरेका छन् । शनिबार आयोजक फिदिम र रेडस्टार उपाधिका लागी प्रतिर्स्धिा गने भएका हुन । शुक्रबार फिदिम माबिको मैदान भएको पहिलो खेलमा दुधे भेट्रान्स झापा लाई इब्रेकरमा ३–१ गोलले हराउदै फिदिम उपाधि नजिक पुगेको हो ।
निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा सकिएको पछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा दुधे पराजित हुन पुग्यो खेलको ३४ औं मिनेटमा दुधेका सुवास आङथोपोले पेनाल्टीमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी एरियामा फिदिमका सुवास लिम्बुको हातमा बलले छोए पछि दुधेले पेनाल्टी पाएको थियो । ७९ औं मिनेटमा फिदिमका सुवास लिम्बुले बराबरी गोल गरे । त्यस पछि दुबै टोलीबाट थप गोल नभए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइबे्रकरमा फिदिमका लागी निराजन श्रेष्ठ,सुवास लिम्बु र हर्क लिम्बले गोल गरेका थिए ।दुधेको लागी सुवास आङथोपोले मात्र गोल गर्न सके । देबी तुम्बापो र हर्क बहादुर तामाङको प्रहार फिदिमका गोल रक्षक रोशन श्रेष्ठले रोकेका थिए । सन्तो नेम्बाङको प्रहार बाहिरिइको थियो ।
फिदिमका गोल रक्षक रोशन श्रेष्ठ प्लेयर अफ दि म्याच बने ।
शुक्रबारनै भएको दोश्रो खेलमा पूर्व राष्ट्रिय खेलाडीहरु र ए डिभिजन खेलीसकेका खेलाडीहरुले भरिएको रेडस्टार क्लब बिर्तामोडले जित निकाल्दै उपाधि नजिक पुगेको छ । पाँचथरको बौद्ध भेट्रान्स रानिटार लाई ३–२ गोलले हराउदै फाइनल प्रबेश गरेको छ ।
पूर्व राष्ट्रिय खेलाडी बुद्ध चेम्जोङ र बिशाल राइ सहित मैदान उत्रेको बिर्तामोड खेल अबधि भर हाबि रहेको थियो ।
बिर्तामोडको जितमा खेमराज पौडेलले २ र अंकुर कुमार खड्कीले १ गोल गरेका थिए । बौद्धको लागी दिनेश गुरुङले २ गोल गरेका थिए ।
बुद्ध चेम्जोङ प्लेयर अफ द म्याच चुनिए । आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार र दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
शनिबार हुने फाइनल खेल
फिदिम भेट्रान्स बिरुद्ध रेडस्टार क्लब बिर्तामोड
दिउसो १ बजे