नेपालका २५ जिल्लाका विभिन्न बन क्षेत्रमा हाब्रे (रेडपाण्डा) पाईन्छ । हेर्दै सुन्दर देखिने यो बन्यजन्तू निक्कै महत्पूर्ण मानिन्छ । संकटापन्न बन्यजन्तूको रुपमा रहेको हाब्रे संसारको पाँच देशमामात्र पाईन्छ । नेपालका १३ जिल्लामा रेडपाण्डा नेटवर्कले स्थानिय संस्थासँग मिलेर समुदायमा आधारीत रेड पाण्डा संरक्षण कार्यक्रम गरिरहेको छ ।
पूर्वका पाँचथर, इलाम र ताप्लेजुङ हाब्रेका लागि महत्पूर्ण जिल्ला हुन् । प्राकृतिक बासस्थानमा रहेका हाब्रे निक्कै सुन्दर छन् । तर विकासका नाममा जतासुकै भईरहेको सडक विस्तार, बन फडानी, कुकुरहरुका कारण हाब्रे समस्यामा छन् ।
हाब्रे हेर्दै देखिरहुँ लाग्छ । यिनै सुन्दर हाब्रे जीवन राईले क्यामेरामा कैद गरेका छन् । संरक्षण क्षेत्रमा सक्रिय राईले पछिल्ला समयमा बन्यजन्तू, चराहरुको फोटो खिचिरहेका छन् । उनले खिचेका तस्विर मध्ये केहि हाब्रेका तस्विर हेर्नुस् ः