पाँचथर । आदिवासि जनजाति पत्रकार महासंघ पाँचथरको अध्यक्षमा उपेन्द्र येक्तेन निर्वाचित भएका छन् । सोमबार फिदिममा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले येक्तेनको नेतृत्वमा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अजेन्द्र वाईवा तामाङ, सचिवमा सुवास राई, सह सचिवमा सर्मिला मुखिया र कोषाध्यक्षमा रजनी हाङसरुम्बा चयन भएका हुन् । त्यस्तै राजकुमार इसारा, भीमकुमार चेम्जोङ, भुपेन योङ्हाङ, इच्छामाया साँवा र तागेरा तावाहाङ सदस्यमा चयन भएका छन् ।
अधिबेशनबाट कबिन्द्र शेर्मा, बिनोदकुमार इङ्वा , सेसेहाङ लावती र इवारा जबेगुलाई संघीय प्रतिनिधिमा चयन गरेको छ । बिजयबोध लावती, भवानी तावा, नारायण तुम्बापो, रामचन्द्र तामाङ, रोहितकुमार आङ्बो, मौसम सम्बाहाम्फे र चित्रकला हाङसरुम्बालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ ।
अधिबेशनको अवसरमा सुवास राई र रजनी हाङसरुम्बा फोनिज पाँचथरले पुरस्कृत गरेको छ । राई र हाङसरुम्बालाई पाँच हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।