पाँचथर । पाँचथरको मिक्लाजुङमा मानशिक मानसिक सन्तुलन गुमाएका एक ब्यतिले स्थानिय पञ्चबहादुर राईको घरमा आगो लगाएका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ घुवाखोलमा स्थानिय पञ्चबहादुर राईको परालको छानो भएको घरमा तुम्बेवा गाउँपालिका ४ का रामचन्द्र राईले बिहिबार आगो लगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाहले जानकारी दिए ।
आगजनीबाट एक घर, दुईवटा गाइगोठ,घरमा राखिएको त्रिपाल र कुचो जलेर नष्ट हुँदा करिब ७ लाख बराबरकोे क्षति भएको प्रहरीले जनाएको छ । आगो लगाउने रामचन्द्र राईको मानसिक अवस्था ठिक नभएको बताइएको छ । आगजनीबाट मानविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको र घरमा आगो लगाउने रामचन्द्र राई लाई प्रहरी चौकी दशमीको नियन्त्रण राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक बिनालाल शाहले जानकारी दिए ।
घटनाको बारेमा अनुसन्धान भइरहेको शाहाले बताए ।