पाँचथर । पाँचथर सदरमुकाम फिदिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । फिदिम नगरपालिका–८ रानिटारका ६८ वर्षीय लक्षुमण मुखिया आईतवार सदमुकाम फिदिम स्थित बुद्धमार्गमा मृत अवस्थामा फेला परेका हुन्।
मुखिया फिदिम १ बुद्धमार्गमा अस्थाइ बसोबास गर्दै आएका थिए । आईतबार उनि बस्ने घर छेउको सडकमा मृत अवस्थामा फेला पारेको जिल्लमा प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी प्रहरी निरिक्षक बिनालाल शाहले जानकारी दिए ।
उनको शव जिल्ला अस्पताल पाँचथरको शवगृहमा पोष्टमार्टमको लागी राखिएको पाँचथर प्रहरीले जनाएको छ । प्रहरीले घटनाकोबारेका थप अनुसन्धान गरिरहेको जनाएको छ ।