पाँचथर । प्रेस सेन्टर नेपाल पाँचथर अध्यक्षमा युद्ध बोहोरा निर्वाचित भएका छने । शनिबार सम्पन्न भएको सातौं अधिवेशनले युद्धबहादुर बोहोरालाई सर्वसम्मतले नयाँ अध्यक्ष निर्वाति गरेको हो । फिदिममा अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै प्रेस सेन्टरको नयाँ कार्य समिति बनेको हो ।
कार्यसमितिको उपाध्यक्षमा रोहित आङ्बो र निशा लोवा, सचिवमा सुवास राई, सहसचिवमा जिपी अधिकारी, कोषाध्यक्षमा रजनी हाङ्सरुम्बा चयन हुनुभयो । सदस्यहरुमा इच्छा लिम्बू, अशोक लावती, सङ्गीता अधिकारी र पुरण सुकिता छानिनु भएको छ ।अधिवेशनले संघीय पार्षदमा घनेन्द्र केरुङ, रामचन्द्र तामाङ, र प्रदेश पार्षदमा सेसेहाङ लावती, रामचन्द्र बाँस्कोटा, भिमकुमार चेम्जोङलाई चयन गरेको छ ।
अधिवेशन अवसरमा प्रेस सेन्टर पाँचथरका पूर्वअध्यक्षहरु होम जवेगु, राजन केडी, खड्ग सम्बाहाम्फे, विलास योङ्या र घनेन्द्र केरुङलाई सम्मान गरियो । साथै, पत्रकारितामा लामो समयदेखि सक्रिय योगदान पुर्याउँदै आएका युद्धबहादुर बोहोरा र रजनी हाङ्सरुम्बालाई पनि सम्मान गरिएको छ ।