पाँचथर । दक्षिण कोरिया बिरामी भइ नेपाल फर्केका ओयामका अमृत सेलिङलाइ पाँचथर सेवा समाजले आर्थिक सहयोग गरेको छ । सेलीङ रोजगारीको क्रममा दक्षिण कोरीयामा रहदा गम्भिर बिरामी परेका थिए । बिरामी सेलीङ एक महिना अघि मात्र नेपाल फर्केका हुन ।
गम्भिर प्रकृतिको रोगले थलिएका सेलिङको थप उपचारका लागि पाँचथर सेवा समाज कोरिया र किराँत याक्थुम चुम्लुङ कोरियाले एक लाख ७० हजार रुपैँया सहयोग प्रदान गरेको हो।
नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा पत्रकार सम्मेलन गरी सेलिङलाई रकम प्ररदान गरिएको हो । कोरियामा कार्यरत नेपालीहरुबाट संकलन गरेको रकम बिरामीलाइ हस्तान्तरण गरिएको समाजका सदस्य बिकेशराज योङयाले जानकारी दिए ।
पाँचथरको याङवर ३ का सेलिङ कोरिया पुगेको पाँच महिना देखी बिरामी परेका थिए ।
उनलाई २७ महिना सेल्टरमा राखेर उपचारको समेत प्रयास भएको समाजका सदस्य गोबिन्द दुलालले बताए । त्यस बिचमा उपचारका लागि नेपाल आएर उनी फेरी कोरिया फर्किइका थिए । पुन पनि सोही समस्या दोहोरिएपछि उनी नेपाल फर्किए । नेपाल आएर उनको अहिले बिराटनगरमा उपचार चलिरहेको सेलिङले बताए ।