पाँचथर । एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलखेल मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड बिच भएको खेलमा १० लाख ८९ हजार ८ सय ५० बराबरको टिकट बिक्रि भएको छ । आयोजक फिदिम र्स्पोटिङ सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएको हो ।
रू ३०० का दरले उक्त रकम बराबरको टिकट बिक्रि भएको आयोजकले जानकारी दियो । सोमबार भएको फाइनल खेलमा क्षमता भन्दा धेरै दर्शक उपस्थित भए पछि टिकट बिक्रि रोक गरिएको थियो । धेरै दर्शकहरु मैदान प्रबेश गर्न नपाइ घर फर्केका थिए ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पाएको छ । उपविजेताले मच्छिन्द्रले ५ लाख रुपैँया पाँएको छ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो ।