पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितमा ए डिभिजन बिजेता चर्च व्वाइज युनाइटेड उपाधि नजिक पुगेको छ । शुक्रबार फिदिम माबिको खेलमैदानमा भएको सेमीफाइनल खेलमा आयोजक फिदिम र्स्पोटिङ क्लबलाई ३– १ गोलले हराउदै फाइनल प्रबेश गरेको हो ।
गत सातामात्र झपा कपको उपाधि जितेको चर्च व्वाइज पाँचथरमा पनि उपाधि नजिक पुगेको हो । अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न पुग्यो । घरेलु मैदान र घरेलु दर्शकको साथ रहेको आयोजक ए डिभिजन बिजेता चर्च व्वाइज सँग निराश बन्यो ।
खेलमो ४३ औं मिनेटमा आशिष चापगाइको क्रशमा दिनेश शेर्माले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । तर फिदिमले अग्रता लामो समय टिकाउन सकेन । पहिलो हाफको अतिरिक्त समयमा चर्च व्वाइज खेलमा फर्कीयो । समिर तामाङले गरेको सुन्दर भलि प्रहार गोलमा परिणत भएको थियो । खेलमो ६२ औं मिनेटमा कर्नरबाट आएको प्रहारलाई बिदेशी खेलाडी अर्मान्डले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । ८४ औं मिनेटमा फिदिमले काउन्टर अट्याक्टमा गोल खाएको थियो । मध्यभागबाट सेर्गे डिकाले मिलाइदिएको पासमा अबयोमीले गोल गर्दै चर्च व्वाइजलाई ३–१ को जित दिलाउदै टोलीलाई फाइनल पुर्याए ।
फिदिमा फाइनल पुगेसँगै चर्च व्वाइज पाँचथ,इलामा र झापामा फाइनल खेल्ने टोली बनेको छ ।
बिजेता टोलीका प्लेयर अफ दी म्याच चर्चका अबयोमी भए । उनले नगद १० हजार पाए । भोलि चिरपरिचित प्रतिद्वन्द्वी न्यू रोड टिम (एनआरटी)ले मच्छिन्द्र एफसीबीच अन्तिम सेमिफाइनल हुनेछ । गोल्डकप विजेताले नगद १० लाख ५ हजार ५५५ पाउने छ ।
फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउदै चर्च व्वाइज फाइनलमा
फाल्गुनन्द गोल्डकप : फिदिमलाई हराउदै चर्च व्वाइज फाइनलमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस