पाँचथर । २ दिन अघि मात्र झापा कप जितेको चर्च व्वाइज युनाइटेड क्लब एघारौ फाल्गुनन्द गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलका एकर्तफी खेलमा चर्च व्वाइज युनाइटेडले जित निकालेको हो ।
चर्च व्वाइज ले बुधबार भएको तेस्रो क्वाटरफाइनल खेलमा नेपाल सुपरलिग खेल्ने टोली विराटनगर सिटि फुटबल क्लबलाई ७-१ गोलले पराजित गर्यो। खेलभर सुपर लीगको टोली विराटनगरले लयमा भेट्टाउन सकेन । विपक्षी पोष्टमा खासै आक्रमण बुन्न नसकेको विराटनगर अन्ततः फराकिलो हारसँग घर फर्किएको छ ।
चर्च व्वाइजको जितमा समिर तामाङ र बिदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरेका थिए । एक गोल बिदेशी खेलाडी फोफनाको नाममा रह्यो ।
समिरले खेलको १५ औं मिनेटमा गोल गर्दै चर्च व्वाइजलाई सुरुवाती अग्रता दिलाए। ४३ मिनेटमा समिरेले चर्च व्वाइजको अग्रता दोब्बर पारेका थिए।
६२ मिनेटमा अर्मान्ड टिमका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरे। ७३ मिनेटमा समिरले ह्याट्रिक गर्दा गोल गर्दा चर्च व्वाइजको अग्रता ४-० मा पुग्यो। ७७ औ मिनेटमा फोफनाको क्रसमा अर्मान्डले टिमका लागि पाँचौ तथा व्यक्तिगत दोश्रो गोल गरे।
बिराटनगरको लागि संन्दिप राईले ८७ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। ८७ औं मिनेटमा डि एरियामा बिराटनगरका डिफेन्डरले चर्च व्वाइजका अर्मान्डलाई फाउल गरे पछि चर्च व्वाइजले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गोल गर्दै अर्मान्ड ह्याट्रिक पुरा गरे । दोश्रो हाफको अतिरिक्त समयमा चर्च व्वाइजका फोफनाले गोलगर्दै टिमलाई ७-१को फराकिलो जित दिलाए ।
खेलमा ह्यट्रिक गरेका चर्च व्वाइजका समिर तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे ।
खेलाडी क्लेकश्न गरेर टिम बनाएको हुँदा अफ्नो टोली पराजित भएको बिराटनगरका प्रशिक्षक राज थापाले बताए । धेरै गोल गरेको भए पनि आफ्नो टोलीले सोचेअनुरुप खेल प्रर्दशन गर्न नसकेको चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले बताए ।
सेमीफाइनल पुगेको चर्च व्वाइजले फाइनल प्रबेशका लागी शुक्रबार आयोजक फिदिम स्र्पोटिङ सँग खेल्नेछ ।
प्रतियोगिताको अन्तीम क्वाटरफाइनल खेलमा भोलि एनआरटि र सलहेश फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्. विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।