पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा आज ए डिभिजन लिग बिजेता चर्च व्वाइज युनाइटेडले नेपाल सुपर लिग (एनएसएल) खेल्ने विराटनगर सिटी फुटबल क्लब सँग प्रतिस्पर्धा गर्दैछ ।
ए डिभिजन लिगको टोली र नेपाल सुपर लिग (एनएसएल) टोली बिचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । खेल दिनको २ बजे सुरु हुनेछ ।
दुई दिन अघिमात्र झापा कपको उपाधि जितेको चर्च व्वाइज युनाइटेड उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रने छ । झापामा अर्काे ए डिभिजन क्लब एनआटिलाइ हराउदै चर्च व्वाइज युनाइटेड उपाधि जितेको थियो । मसिरमा इलाममा सम्पन्न इलाम गोल्डकपमा एनआटि सँग पराजित हुँदै उपबिजेता बनेको थियो ।
गत साल सुपरलिग नखेलेको विराटनगर सिटी फुटबल क्लबले कार्तिक महिनामा धनकुटाको पाख्रिबास गोल्डकपको उपाधि जितेको थियो । मसिर महिनामा बन्दिपुर गोल्डकपको उपाधि जितेको विराटनगर सिटी उपाधि जित्ने लक्ष्य सहित फिदिम आएको टिम व्यवस्थापक राज थापाले केन्जोखबरलाइ जानकारी दिए ।
मनाङ,थ्रिस्टार लगायतका क्लबहरुबाट खेलीसकेका निशान लिम्बुको साथ बिराटनगरलाइ रहनेछ । सिवन मगर,सुजन मगर जस्ता उद्यमान खेलाडीहरुको बिराटनगरबाट खेल्ने छन् ।
लगातार मौफसलका प्रतियोगिताहरुको फाइनल खेलको चर्च व्वाइज युनाइटेड सँग रोहण कार्कि, समिर तामाङ,बिदेशी खेलाडी अर्मान्ड लगायतका खेलाडीहरु रहनेछन् ।