पाँचथर । पाँचथरमा क्याम्पस स्तरीय कविता वाचन प्रतियोगितामा थर्पु क्याम्पसका मन्जुल योहाङ प्रथम भएका छन्। स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पसले साेमबार पाँचथरमा क्याम्पस स्तरीय कविता वाचन प्रतियोगिताका गरेको स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पस सभापती मुना नेपालीले जानकारी दिइन् ,
यसैगरी, पाँचथर क्याम्पसका बुद्धराज लिम्बु द्वितीय र यासोक क्याम्पसका हिमादेबी भण्डारी तृतीय भइन। त्यसैगरी सात्वना पुरस्कार भने रबि क्याम्पसका रसु बि.कले प्राप्त गरेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ। यस्तै, सान्त्वना हुने प्रतियोगीहरुलाई प्रमाणपत्रसहित ३ हजार रुपैयाँ प्रदान गरिएको छ।
संविधान सभा सदस्य श्री प्रसाद जबेगुको प्रमुख आतिथ्यता तथा स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पस सभापती मुना नेपाली अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । स्वतन्त्र विद्यार्थी युनियन पाँचथर क्याम्पस सदस्य सुनिता न्यैपानेले कार्यक्रमको सञ्चालन गरेको थिइन् ।
प्रतियोगितामा कवि चन्द्रवीर तुम्बापोले काव्य प्रबचन गरेका थिए । कवि चिरण कोइराला,अधिकारी बिमलाले कविता बाचन गरेका थिए ।
प्रतियोगितामा पाँचथरका बिभिन्न क्याम्पस २० जना विद्यार्थी सहभागी थिए।