पाँचथर । फिदिम फालोट सडक खण्डको फिदिक १ र ११ जोड्ने फेमे खोलामा फड्के पुल निर्माण गरिएको छ । बाँसको फड्के पुलबाट पैदल यात्रुहरु वारपार गर्न मिल्ने भएको छ । स्थानिय नागरिकहरुको अग्रसरतामा बाँसको फड्के पुल निर्माण गरिएको हो । बुधबार बनाइएको बाँसको फड्के पुल बिहिबार बिहान बगाए पछि बिहिबार दिउसो पुनः फड्के पुल गरिएको हो ।
असोज १२ गतेको बाढीपहिरोले पक्की पुल भत्काएपछि आवतजावत ठप्प भएको थियो । स्थानीयहरुले बाँसको प्रयोग गरेर फड्के निर्माण गरेका हुन् । सवारी साधानहरु वरपार गर्न नमिल्ने भएपनि पैदल यात्रुका लागि फड्के उपयोगि भएको छ ।