पाँचथर । गृह मन्त्रालयले बाढी, पहरिो र डुवानका कारण बढी प्रभावति आठ जल्लिामा सहसचवि नेतृत्वमा टोली खटाउने निणर्य गर्दा पाँचथर छुटाएको थियो । पहिरोबाट आठ जनाको मृत्यु भएको,तिन जना बेपता भएको र आधा दर्जन पुल बगाएको जिल्लामा कार्यदल नपठाउदा सरकारले पाँचथरलाई बाढीपहिरो प्रभावित जिल्लाको रुपमा नराखेको हो ? भन्ने केन्जोखबरको प्रश्नमा गृह प्रवक्ता ऋषिराम तिवारीले कार्यदल नपठाए पनि पाँचथर बाढीपहिरो प्रभावित जिल्लाको रुपमा नजिकबाट हेरिरहेको बताएका छन् ।
केन्जोखबर सँगको टेलीफोन संवादमा गृह प्रवक्ता तिवारीले जिल्ला बिपत समिति, सडक डिभिजन कार्यालय इलाम र अन्य सरोकारवालहरु फिल्डमै रार्जमार्ग खुलाउन लागीरहेकाले कार्यलद पठाउन नपरेको बताए । पहिराेबाट प्रभावतिहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतकि क्षतकिो संक्षप्ति वविरण तयार गर्ने काम जिल्लाबाटै भइरहेकाले कार्यलद पठाउन नपरेको बताए ।
भैतिक पूर्वाधार मन्त्रालय सँग हेवा र फेमेखोलाको पुलको लागी गृहकार्य भइहरेको तिवारीले बताए । मेची राजमार्गको रमिते पहिरोको विषयमा सडक डिभिजन कार्यालय इलाम सँग कुरा भइरहेको र बैकल्पीक सडकको बिषयमा भैतिक भैतिक पूर्वाधार मन्त्रालय सहजिकरण भइरहेको तिवारीले जानकारी दिए ।