पाँचथर । मेची राजमार्गको फिदिम २ रमितेमा खसेको पहिरो पन्छाइएको छ। पहिराे पन्छाएसँगै बुधबार अपरान्ह देखि एकतर्फी सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले केन्जोखबरलाई जानकारी दिए ।
भट्टराइ अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूणर्रुपमा सडक सञ्चालनमा आउन समय लाग्ने बताए । अहिले खुलेको सडकमा साना सवारीहरु मात्र सञ्चान गर्न सकिने बताए । पहिरो पन्छाएसँगै दुईतर्फीरुपमा सवारी आवागमन भएको हो। निरन्तर पानी परेपछि पहिरो खस्दा समस्या भएको थियो।
पहिरो खसेसँगै सडक अवरुद्ध हुँदा सयौँ सवारी सडकमा अलपत्र परेका थिए। सडक सञ्चालनमा आएसँगै सवारी गन्तव्यतर्फ लागेका छन्। मेचि रार्जमार्ग फिदिम सम्म सञ्चालनमा आएको छ । हेवाखोले बेलीब्रीज बगाए पछि ताप्लेजुङ तर्फ सडक सञ्चालन हुन समय लाग्ने बताइएको छ ।