पाँचथर । मोरङको पथरीमा आजबाट अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम इन्ट्रा पथरी शनिश्चरे गोल्डकप प्रतियोगिता सुरु हुँदै छ । ए डिभिजन राष्ट्रिय लिग खेल्ने संंकटा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लबसहित ८ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उद्घाटन खेलमा आज पाँचथर क्लबले आयोजक पथरी ११ फुटबल क्लब संग प्रतिस्पर्धा गर्ने छ ।
पाँचथर क्लब र आयोजक पथरी ११ फुटबल क्लब बिचको खेल प्रस्तावित पथरी शनिश्चरे रंगशालामा दिउसो २ बजे हुनेछ । राम्रो तयारी सहित पाँचथर क्लब पथरी शनिश्चरे गोल्डकपमा सहभागि भएकाले राम्रो नतिजाको आश गरिएको पाँचथर क्लबका उपाध्यक्ष कमल तुम्रोकले केन्जोखबरलाई जानकारी दिए ।
प्रतियोगितामा संकटा क्लब, ब्रिगेड ब्वाइस क्लब, भारतीय क्लब यूकेएफसी, झापा ११, पाँचथर क्लब, सहलेस फुटबल क्लब सिराहा, धरान सिटी क्लब र आयोजक पथरी ११ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् भने उपविजेताले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने विकले जानकारी दिए ।