पाँचथर । गत साता पाँचथरको फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा बम बिष्फोट भएर दुई जनाको मृत्यु तथा दुइ घाईते भएको घटनामा राहात, क्षतिपूर्ती तथा उपचारका लागि सरकारले ध्यानै दिएको छैन् ।कोशि अञ्चल अस्पताल लगिएका घाईतेलाई उपचारका लागि आर्थिक अभाव भएपछि आफन्तले फर्काएका थिए । घाईते पवन राई र दिप्सन राईलाई फिदिम फर्काईएको थियो । दिप्शन सामान्य घाईते भनेर एक दिन घरमै राखिएको थियो ।
घाईतेलाई थप उपचार आवश्यक रहेको जिल्ला अस्पताल पाँचथरका चिकित्सकले सुझाएपछि घाईतेलाई फालेलुङ गाँउपालिकाले घाईतेलाई काठमाण्डौँ पठाएको छ । ’अस्पतालाट आफन्तले फर्काएर ल्याउनु भएछ । थप उपचारका लागि काठमाडौंको किर्तिपूर वर्न अस्पताल पठाएका छौँ’ प्रमुख प्रशासकिय अधिकृत डम्बर आङदेम्बेले भने ’गाडि र प्लेन भाडाको प्रबन्ध गाँउपालिकाले गरेको छ।’
एक हप्तासम्म कसरी उपचार भईरहेको छ भन्ने कसैले खोजेको देखिएन ।
बुधवार अस्पताल भर्ना गरिएको छ । पवनलाई आईसियुमा राखिएको छ । निम्न आर्थिक अवस्था भएकाले उपचारका लागि परिवारलाई समस्या भएको भने सरकारले उपचारमा ध्यान दिएको छैन् ।पीडितलाई सहयोगका लागि आर्थिक संकलनको तयारी सुरु गरेको स्थानिय शिल्प राईले बताए ।स्थानिय सरकार बाहेकले सहयोग नगरेको उनको गुनासो छ ।खेलाउन सम्झेर हम्मरले हान्दा ग्रिनेट पड्किएर एकै परिवारका ११ बर्षिय दिप्सन र २ बर्षिय प्रिन्सा साँवाको मृत्यु भएको थियो। पीडित परिवारले न राहात पाएका छन् न सरकारको सहयोगनै ।
राहत तथा क्षतिपूर्तीका लागि विपद् व्यवस्थापन समितिमा निणर्य गरेर पठाएको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद कोईरालाले बताए ।
सरकारमात्र नभई मानव अधिकार कर्मीनागरिक समाजले पनि खासै चासो देखाएका छैनन् । निहत्था बालवालिकाले बम बिष्फोटमा परि ज्यान गुमाउदा राजनीतिक मौनता देखिन्छ । साना साना कुरामा टिप्पणी गर्ने राजनीतिक दलका नेताहरु चुईक्क बोलेका छैनन्। शान्ती प्रक्रिया सुरु भएको १८ बर्ष र बारुद्धि सुरुङ मुक्त भएको राष्ट्र घोषणा भएको १३ बर्ष पुग्दा पनि द्वन्द्वकालिन बम भनै सामान्यकरण गरिदै छ ।
बम कस्ले छाड्यो, नयाँ हो कि पुरानो यकिन छैन् । अनुसन्धान भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि हेमन्त भण्डारीले जानकारी दिए । दोषि को हो खोज्नु भन्दापनि घटनालाई भवितव्य झै मानेर सेलाउन खोजिदै छ।
अझै छन् बम ?
बम बिस्फोट भएपछि गाँउमा त्रास छ । सचेतना तथा अरुतिर पनि बिस्फोटक पदार्थ छ कि भनेर खोजि भएको छैन्। गाँउपालिकाले एक दिन विद्यालयमा शोक बिदा दियो । विस्फोटबाट अनाहकमा विद्यार्थिले ज्यान गुमाउदा जिल्लाका विद्यालयमा शोक सभा समेत गरिएन ।
यस अघि हिलिहाङ गाँउपालीका र फाल्गुनन्द गाँउपालीकामा पनि यस्ता बिस्फोटका घटना भएकाले अन्यक्षेत्रमा पनि बिस्फोटक पदार्थ हुन सक्ने त्रास छ । प्राङबुङमा घटना भएकै घर क्षेउमा पनि अर्को ग्रिनेट भेटिएको थियो ।