पाँचथर । पाँचथरको हिलिहाङ १ हाङदेमा खसेको ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । अर्को एक घाइते भएका छन ।
मृत्यु हुनेमा काबेली ‘ए’ जलबिद्युत आयोजनाको जमला कन्ट्रक्सनमा काम गर्ने सुन्दरहरौचा मोरङका २६ वर्षिय उद्धब ढकाल रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।
मोटरसाइकलको पछाडी सवार काठमाण्डौं कागेश्वरी मनाहराका ५७ वर्षिय तुलसी बहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ । खड्काकाे अवस्था सामान्य छ ।
मंगलबार बिहान साढे ९ बजे हिलिहाङ १ हाङदेमा काबेली ‘ए’ जलबिद्युत आयोजनाका प्रोजेक्ट साइटको कच्चि सडक निरिक्षण गर्ने क्रममा मोटरसाइकलमाथि ढुंगा खसेको थियो ।
ढुंगा लागेर चालक गम्भीर घाइते भएको उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मुत्यु भइको प्रहरीले बताएको छ ।