पाँचथर । घाँस काट्नेक्रममा भीरबाट लडेर पाँचथरमा एक महिलाको मृत्यु भएको छ । फालेलुङ गाउँपालिका-५ थ्यायाङलिटारकी ५६ वर्षीया लक्षीमाया तामाङको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।
शनिबार बिहान साढे ११ बजे घर नजिक रहेको निजि बनमा घाँस काट्न गएको उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पाँचथरले जनाएको छ ।
घटनाको बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।