काठमाडौं । नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
साथै टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न निर्देशन पनि दिइएको उनले जनाए ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०७९ कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।