पाँचथर । निर्माण व्यवसायी संघको पाँचथरको बुधबार भएको एघारै अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिबेशनले पाँचथर निर्माण व्यवसायी संघको अध्यक्षमा बलबहादुर थापा मगरलाई निर्विरोध चयन गरेको हो।
विगत लामो समयदेखि पाँचथरमा निर्माण व्यवसाय गदै आएका थापा निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत सन्तकुमार राईले जानकारी दिए।
यस्तै, संघको अधिबेशनबाट वरिष्ठ उपाध्याक्षमा सुर्य प्रकाश बाँस्कोटा, उपाध्याक्षमा शंकर थापा मगर, महासचिव दिपेन्द्र योक्पाङदेन, उपमहासचिवमा पुर्ण आङदेम्बे, कोषाध्यक्षमा देबेन्द्र अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरूमा सुजन नेम्बाङ, शैलेन्द्र कुरुम्बाङ, बिरेन्द्र श्रेष्ठ, डिल्लीकुमार आले, शिव अधिकारी, राजन काफ्ले, नरेन्द्र कुमार फियाक र महिला सदस्यमा देबीकुमारी बाँस्कोटा निर्वाचित भएका छन् ।