पाँचथर । पछिल्लो समय बलात्कारका घटना कम हुँदै गएको पाँचथरमा १५ वर्षीया छात्रा बलात्कार गरेको घटना सार्वजनिक भएको छ । नैतिक शिक्षाको अभावमा बलात्कारका घटना बढेको टिप्पणीसमेत हुने गरेको छ । तर, पाँचथर भने सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षकनै बालिका बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
फिदिम नगरपालिका-१२ को सिद्वदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजकुमार नेम्वाङ बलात्कार आरोपमा पक्राउ परेका हुन् । बालिका बलात्कार गरेको उजुरी परेपछि पाँचथर प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । सदरमुकाम फिदिमबजारको सुन्तली चौकमा बस्ने बालीकालाइ बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले शिक्षक नेम्बाङलाई पक्राउ गरेको हो । पीडित बालिका स्वयंले जाहेरी दर्ता गराएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
पीडितको जाहेरीका आधारमा शिक्षक नेम्बाङलाई पक्राउ गरी थप अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए । ‘पीडितहरुको जाहेरीका आधारमा अनुसन्धान गरी हामीले थप प्रक्रिया अगाडि बढाएका छौं,’ प्रहरी निरीक्षक रुपेश तामाङले भने