पाँचथर । पाँचथरमा वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या ७ सय ३३ जनाले बढी रहेको छ जिल्ला प्रशासन कार्यालय पाँचथरका अनुसार आव २०८०/८१ मा पाँचथरबाट चार हजार ६ सय १० जनाले नागरिकता लिएका थिए । सोही अवधिमा ५ हजार ३ सय ४३ जनाले राहदानी लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय पाँचथरबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता र वैवाहिक अङ्गीकृत नागरिकता गरी चार हजार ६ सय १० जना लाई नागरीक्ता वितरण गरिएको जिल्ला प्रशासन कार्यलय पाँचथरले जनाएको छ ।
पाँचथरबाट वैवाहिक अङ्गीकृत नागरिकता ७ वटा र ६ वटा गैरआवासीय नागरिकता वितरण भएको प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाल कोइरालाले जानकारी दिए ।
‘जिप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन’, कोइरालाले भने, ‘अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।’