रवि– जिल्ला प्रशासन कार्यालय पाँचथरले मिक्लाजुङ गाँउपलिकालाई अक्सिन कंसन्ट्रेटर प्रदान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र रविमा सञ्चालन गर्ने गरि पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले हस्तान्तरण गरेका हुन् ।
सोमबार गाँउपालिकको कार्यालयमा हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा जनप्रनीधि तथा स्थानिय बासिन्दा नागरिकता, इलाका प्रशासन कार्यालय तथा सडकका समस्या बारे बिषय उठाएका थिए ।
सोहि दिन इलामका प्रशासन कार्यालयबाट ३० जनालाई नागरिकता प्रदान गरिएको थियो भने ३२ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्ने तथा फोटो खिचाएका थिए । कार्यालय प्रमुख नहुँदा रविको इलाका प्रशासन कार्यालयबाट एक महिनादेखि नागरिकता जारी हुन सकेको छैन् । अधिकृत कर्मचारी नभएकाले रविबाट दैनिक नागरिकता दिन नसकिएको प्रजिअ कोईरालाले बताए । बैकल्पिक व्यवस्थापन गरि हप्ता वा १५ दिनमा नागरिकता प्रदान गर्ने तयारी गरिएको उनले बताए ।
इलाका प्रशासन कार्यालयकै भवन बनाउनका लागि तयारी थालिएको उनले बताए । उनका अनुसार रविमा कार्यालय भवन बनाउने कामको ठेक्का चाडै लगाईने छ ।
मिक्लाजुङलाई अक्सिन कंसन्ट्रेटर
मिक्लाजुङलाई अक्सिन कंसन्ट्रेटर
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस