पाँचथर । जिल्ला प्रशासन कार्यालय रुपन्देही गृहमन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौताअनुसार जिम्मेवारी पूरा गरेर देशकै उत्कृष्ट बनेको छ । पाँचथर भने कार्यसम्पादन सम्झौताअनुसार जिम्मेवारी पूरा गर्ने जिल्ला प्रशासन देशको ४५ औं नम्बरमा परेको छ ।
गृह मन्त्रालय र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता भएको थियो। उक्त सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले रुपन्देही जिल्ला प्रथम भएको हो । त्यसै गरी लुम्बिनी प्रदेशकै जिल्ला प्रशासन कार्यालय पाल्पा दोस्रो भएको छ ।
गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबीच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक पाएको छ।त्यसै गरी दोस्रो बनेको पाल्पा जिल्ला प्रशासन कार्यालयले ९७.७५ अंक ल्याएको छ भने तेस्रो बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले ९७.२५ अंक प्राप्त गरेको छ।
त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७ अंक ल्याएका छन्।
पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ।
त्यसै गरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७, ९६.७५, ९६.५६ र ९६.४३अंक ल्याएका छन्। पाँचथर भने ९१.८१ अंक सहित ४५ औं स्थानमा छ । पाँचथरका छिमिकी जिल्ला ताप्लेजुङ ४३ औं स्थानमा रहेको छ । इलाम १९ औं स्थानमा रहदा सातौँमा तेह्रथुम रहेको छ ।
पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन्।