पाँचथर । सामाजिक सञ्जालले समाजमा पुर्याएको नकारात्मक असरका बारे हामी निक्कै चर्चा सुन्छौँ । यहि माध्यबाट पनि मान्छेको ज्यानै बचाउन सकिन्छ भन्ने उदाहरण पनि पाईन्छ ।यस्तै ,उदाहरण पाँचथरको फालेलुङ गाँउपालिकामा पनि छ । स्तन क्यानसर भएर उपचार गराईरहेकी फालेलुङ गाँउपालिका-६ ओगेम्बाकी ३५ बर्षिय सजिना राई (सुस्मीता)को उपचारका लागि फेसबुककामा माध्यमबाट २७ लाख ११ हजार ४ सय २९ रुपैँया संकलन भएको छ ।
आर्थिक अवस्था कमजोर भएकी उनलाई उपचारका लागि सहयोग माग्ने तथा सहयोगिको नाम फेसबुकमै सार्वजनिक गरेर धन्यवाद दिने गरिएको थियो ।उपचारका लागि पैसाको अभाव भएपनि दिप ज्योती युवा क्लबका कार्यकारी निर्देशक सुनिल राईले फेसबुकमा सहयोगको याचना गरेर स्टाटस राखेका थिए ।
सामाजिक क्रियाकलापमा संक्रिय वान्तवाको अनुरोधमा देश विदेशबाट सहयोग जम्मा भएको थियो । जम्मा भएको रकम विरामीलाई हस्तान्तरण गरिएको छ ।‘उनको श्रीमानको पनि केहि बर्ष अगाडी निधन भएको थियो । उपचारका लागि चाईने रकम जुटाउन सक्ने परिवारको अवस्था थिएन’ वान्तवाले भने ‘केहि रकम जुटाउने भनेर स्टाटस राखेर सहयोग मागिएको थियो । मनका धनिहरुले उपचारका लागि पुग्नेगरि रकम जम्मा गरिदिनु भयो ।’
केहि महिना अघि दुबै स्तनमा क्यान्सर देखिएको थियो । उनको चितवनको भरतपुर क्यान्सर अस्पतालमा केहि उपचार गरेर पूर्वाञ्चालन क्यान्सर अस्तपाल विर्तामोडमा उपचार गरिएको थियो । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको बताइएको छ । विरामी राईले सहयोग दाताहरुलाई धन्यवाद दिएकी छन् । ‘मृत्युको मुखबाट बचाउनेहरु भगवानहुन मेरो लागि’ उनले भनिन् ।
समाजिक सञ्जालबाट ठुलो रकम संकलन भएको हो ।