पाँचथर ।जिल्ला प्रहरी कार्यालय पाँचथरले पछिल्लो १ वर्षकाे प्रगती सार्वजनिक गरेको छ । जिल्ला प्रहरी पाँचथरले गत आर्थिक वर्षमा गरेको प्रगति सार्वजनिक गरिएको छ । यसका लागि जिल्ला प्रहरी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले १ वर्षे प्रगति विवरण सार्वजनिक गरेकाथिए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जम्मा २३७ वटा मुद्दा दर्ता भएका छन् ।
जसमा ज्यान मार्ने उद्योगका ८, भवितव्य ज्यानका ४०, फुटकल ज्यानका ११, झुन्डिएर मृत्युका ५८, विष सेवन गरी मृत्युका ५, अभद्र व्यवहारका ३१, जबरजस्ती करणीका ११, सवारी ज्यानका ६, सवारीबाट भवितव्यका ३, बैङ्किङ कसुरका ७ र चोरी तथा डकैतीका १७, कर्तब्य ज्यान ४, आत्महत्या दुरुत्साहन २, लागुऔषध ९, साइबर कसुर १,बालयौन दुव्यबहार ४, कुटपीट १ लगायतका गरी २३७ वटा रहेको डिएसपी क्षेत्रीले बताए । जसमा ११२ वटा मुद्दा फर्छ्यौट भएका छन् भने १२५ वटा बाँकी रहेका छन् । यी मुद्दामा १४२ जना पक्राउ परेका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवाद पक्राउ गर्ने अभियानलाई तीव्र पारेको छ ।
गत आर्थिक वर्षमा पाँचथर प्रहरीले ट्राफिक ब्यवस्थापन तर्फ ४ हजार २ सय ३५ वटा सवारीलाई कारवाही गरी २३ लाख ३६ हजार रुपौँया राजश्व संकलन गरेको छ । सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत सामुदायिक ुचेतनामुलक कार्यक्रम ९ सय १६ पटक गरी २२ हजार ८ सय ८६ नागरीक लाभान्वित भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ । नागरीक सहायता कक्षबाट ४ सय ८८ वटा निबेदन लेखीदिएको प्रहरीले जनाएको छ ।