पाँचथर । नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा फिदिम नगरपालिकाका निवर्तमान मेयर ओनाहाङ नेम्बाङको निधन भएको छ ।
७७ वर्षिय नेम्बाङको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहिबार बिहान उपचारको क्रममा निधन भएको उनको पारिबारीक स्रोत जानकारी दिए ।
उनी प्रेशर लगायत स्वास्थ्य समस्याबाट ग्रसित थिए ।
२००४ साल असाेज १८ गते जन्मेका नेम्बाङ २०३७ सालदेखि राजनीतिमा सक्रिय भएका थिए । नेम्बाङ २०३९ सालमा तत्कालीन लालीखर्क गाउँपञ्चायतकाे निर्वाचनमा ४८ मतले पराजित भएका थिए । नेम्बाङ २०५४ सालको स्थानिय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट फिदिम नगरउन्मुख गाबिस अध्यक्ष पदम उम्मेद्धार बनेका थिए । २०५७ सालमा नेपाली काँग्रेसको क्षेत्रीय सभापती बनेका नेम्बाङ २०६७ सालमा नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । २०७२ सालमा नेपाली काँग्रेसको महासमिति सदस्यमा निर्वाचित नेम्बाङ २०७२ साल देखि २०७४ साल सम्म फिदिम नगर विकास समितिको अध्यक्षको कुशलता पुर्वक दायित्व निर्वाह गरेका थिए ।
नेम्बाङ २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा फिदिम नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । हाल नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि रहेका नेम्बाङ जिल्लाका शालिन र सादगि नेताका रुपमा परिचित थिए ।