मेष : नजिकैका व्यक्तिले मन दुखाउन सक्नेछन्। सुन्दरतामा धन खर्च हुनेछ। स्वास्थ्य प्रतिकूल रहन सक्छ अतः सचेत रहनु होला। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ।भाग्यशाली रङ रातो र अङ्क २ हो भने प्रेम र सम्बन्धमा ३१, व्यापारमा ४५, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३० र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
वृष : नयाँ कार्यको योजना बन्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन : सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। विद्या र बुद्धिको विकास हुनेछ। सजिलै अरूको विश्वास जित्न सकिनेछ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
कर्कट : प्राविधिक काममा सफलता मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।
भाग्यशाली रङ हरियो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६२, वैदेशिक कार्यमा ५० र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूलाई दु:ख दिने काम नगर्ने।
सिंह : यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला। आफूले ठीक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन।
भाग्यशाली रङ रातो र अङ्क ९ हो भने प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : रमाइलो यात्राको योग छ। पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कला प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। हाँसखेल र मनोरञ्जनपूर्ण समय रहेको छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, वैदेशिक कार्यमा ७० र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गर्ने। यात्रा खासै फलदायी देखिँदैन तसर्थ भरिसक्के लामो यात्रा नगर्ने।
तुला : घरायसी कार्य अगाडि बढ्नेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ काम र शुभ समाचार सुन्न पाइएला। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। छलकपट नगर्ने।
वृश्चिक : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु : आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। अवरोध सृजना हुन सक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्ने छ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा आफन्तजनसँग सम्बन्ध राम्रै कायम हुनेछ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४६ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ३४ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। दोहोर्याएर गर्दा अधुरो कार्यले पूर्णता पाउनेछ। सोचेका, सुरु गरेका काम सम्पन्न हुनेछन्। बोलीवचनमा संयम रहनुपर्ने देखिन्छ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो भने प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कुम्भ : रमणीय र सुखद यात्राको योग छ। नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। सांस्कृतिक कृत्यमा रुचि बढ्नेछ। बोलीवचनमा भने संयमता अपनाउनु पर्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
मीन : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ। कार्य क्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। तर, संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ५६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। निलो रङको प्रयोग उपयुक्त छैन।