मेष : कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।
भाग्यशाली रङ हरियो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ६३ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ३३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। तामसिक भोजन नगर्ने।
वृष : साथीको याद बढी आउनेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। आँटेको र ताकेको कार्य पूरा होला। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ५६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।
मिथुन : आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग रहेको छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ७ हो भने प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्नु राम्रो हुनेछ। निलो रङको प्रयोग फलदायी छैन।
कर्कट : कुनै समाचारले मनमा शान्ति छाउनेछ। कार्यसिद्धि हुने अवसर मिल्नेछ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा भने आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
भाग्यशाली रङ सेतो हो भने अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ५९, वैदेशिक कार्यमा ६८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : मालसामान हराउन सक्छ। आफ्नो हेलचेक्य्राइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३०, व्यापारमा ४८, वैदेशिक कार्यमा ४७ र शिक्षामा ३० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या : अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। बौद्धिकताको विकास हुनेछ। कसै-कसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६८, व्यापारमा पनि ६८ , वैदेशिक कार्यमा ७२ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफन्तको प्रगतिमा मन रमाउनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्याउन सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।
भाग्यशाली रङ आकासे र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। छलकपट नगर्ने।
वृश्चिक : रमणीय, सुखद र धार्मिक यात्राको योग छ। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। नयाँ कार्यको थालनी होला। छोटो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६४, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गरेर कामको सुरुआत गर्नु राम्रो हुनेछ। खुट्टा तान्नेहरू सक्रिय रहने हुँदा बोल्दा विचार पुर्याउनु उपयुक्त हुन्छ।
धनु : निर्णायक क्षमतामा कमी आउनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी छ। साँझमा पैसा खर्च हुने योग छ।
भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहानै उठ्नेबित्तिकै भगवान् शंकरजीको दर्शन गर्नु राम्रो हुनेछ। कालो रङको प्रयोग उपयुक्त छैन।
मकर : बुद्धिको उपयोगले जटिल कामसमेत सम्पादन हुन सक्छ। नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमी/प्रेमिकासँग मधुर मिलन हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज बिहान उठेर पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ : रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६७, वैदेशिक कार्यमा ७९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज दीर्घकालीन महत्त्वको काम सुरु गर्नुअघि वृक्षारोपण गरेमा भविष्यमा आशातीत फल मिल्नेछ। उत्तर दिशाको यात्रा शुभ देखिएन।
मीन : शुभ समाचार सुन्न पाइएला। रमणीय र सुखद यात्राको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहार विहारको ख्याल गर्नुहोला। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित