पाँचथर । पाँचथरका उदय केरुङले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहरण गरेका छन् । फालेलुङ गाउँपालिका ३ का ३३ वर्षीय केरुङले आइतबार बिहान ६ बजेर ८ सेकेन्डको समयमा सगरमाथा आरोहरण गरेका हुन् ।
एट-के एक्सपिडिसन ट्रेकिङ कम्पनी मार्फत सगरमाथा आरोहण गरेका उनी बिहिबार मध्यरातमा आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै शिखरको चुचुरो तर्फ प्रस्थान गरेका थिए । कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाका अनुसार आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
केरुङले यस अघि मनास्लु र मेरा पिक हिमालको सफल आरोहण गरेका थिए ।