फिदिम । एक तिर कोभिड १९ को आतंकले विश्व समुदाय आक्रान्त बनेको बेला पाँचथरका किसानहरुलाई फौजी किराको आतंकले सताएको छ । पाँचथरका अधिकाशं कृषकले लगाएको मकै बालीमा फौजी किराले सताए पछि किसानहरु चिन्तीत बनेका छन् ।
मकै खेतीमा देखिएको प्रकोपका कारण किसानमा निरासा छाएको छ । एका तिर कोरोना भाइरसको कारण भोकमरीको चिन्ता बढ्दो जाँदा किसानको बालीमा कीराको प्रकोप बढे संगै भोकमरीको चिन्ता थपिएको छ । मकैको पात, गुभो तथा बोटनै फौजी किराले खाएर मकैलाई नष्ट गरीरहेको छ ।
पछिल्लो समय जिल्लाका सबै क्षेत्रमा फौजीकिराको प्रकोप बढेको कृषकहरुले बताएका छन् । जिल्लाको फिदिम नगरपालिका ,मिक्लाजुङ गाँउपालिका, तुम्बेबा गाँउपालिका, कुम्माय र हिलिहाङ गाउँपालिकामा यो प्रकोप देखा परेको छ । मकै पाँचथररका कृषकहरुको प्रमुख बाली हो ।
“लगाएको बाली सबै किराले खायो । बारीमा जादा आशु आउन खोज्छ । प्रबिधिकहरु संग कुरा भएको छ । केहि सुधार हुन्छ कि ?” हिलिहाङ गाउँपालिका ४ सिुसुवा का कृषक हरि प्रसाद सुबेदिले भने ।
प्रमुख खाद्यान्न बालीको रुपमा रहेको मकैमा देखिएको प्रकोप पाँचथरमा निकै फैलिरहेको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए । यसको नियन्त्रणको लागी बिभिन्न बिषादीहरुको प्रयोग गर्ने काम अघी बढाइएको बिष्टले बताए । किराको नियन्त्रणका लागि विषादी छर्कने काम अघि बढाइएको उनले जानकारी दिए ।
फौजी किाराको मारमा परेका किसानहरु लगातार आइरहको वर्षा सहितको हावाहुरीले फल्नै लागेको मकै सखाप बनाए पछि चिन्तीत छन् ।
पछिल्लो साता लगातार आइरहेको हावाहुरि सहितको वर्षाले पाक्न लागेको मकै सखाप पारेको हो । पाँचथरको फिदिम नगरपालिका सहित फालेलुङ याङ्वरक गाउपालिकामा हावाहुरि सहितको वर्षाले मकैका बोट भाचिएका छन् पाक्ने बेलामा यस्तै विपती आए पछि किसानहरुमा चिन्ता थपिएको फिदिम १२ का वडाध्यक्ष प्रेम आचार्यले बताए । फिदिम नगरपालिका वडा नम्बर १० ११, १२,१३,१४ हावाहुरिले मकै भाचिएको छ, फल्ने बेलामा यस्तो बिपत्तिले कृषक चिन्तित छन् ।
फालेलुङ गाउँपालिकामा आधिकारिक कति क्षति भयो भने जानकारी त नआएको तर किसानहरुको मकैमा क्षती पुगेको फालेलुङ गाउँपालिकाकि उपध्यक्ष हिमा अधिकारिले जननकारि दिइन् ।