पाँचथर । वाइवाइ चौथो पाँचथर गोल्डकपको उपाधी आयोजक आज पाँचथर क्लब र त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्दै छन् । दुवै टिमले आफ्नो हातमा पार्ने दाबी गरेका छन्। प्रतियोगिताको फाइनल पुगेको दुबै टाेलीका अधिकारीहरुले शुक्रबार आयोजना गरिएको प्रिम्याच कन्फ्रेन्समा उपाधी उचाल्ने दावी गरेका हुन्।
फिदिम माबिको खेलमैदानमा शुक्रबार आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमका प्रशिक्षक र कप्तानले फाइनलको नजिता आफ्नो पक्षमा आउने बताए। ए डिभिजन क्लब त्रिभुवन आर्मी क्लबका प्रशिक्षक आर्दश मल्लले पाँचथरमा राम्रा खेलाडी सहभागी भएपनि आफ्नो टिम युवा खेलाडीले भरिएकाले राम्रो चुनौती पक्कीएर उपाधी उचाल्ने बताए। घरेलु दर्शक र समर्थकको साथ पाएको पाँचथरलाई खेलमैदानको पनि साथ रहन सक्छ । निकै राम्रो खेल प्रर्दन गरेर फाइनल पुगेको आर्मीलाई पनि समर्थकको साथ रहन सक्नेछ ।
पाँचथरको कमजोर पक्षको फाइदा उठाउँदै जित आफ्नो पक्षमा पार्न हरसम्भव प्रयास गर्ने उनको भनाइ थियो। ‘पाँचथर राम्रो टिम हो, प्रतियोगितामा राम्रो खेल्दै आएको छ’ मल्लले भने, ‘तर हाम्रो टिम पाँचथर भन्दा कमजोर छैन्, बिपक्षीको कमजोरी पक्षको फाइदा उठाउने प्रयासमा हामी रहनेछौं।’
त्रिभुन आर्मीकाे टिम फाेटाे
झापा जस्तो बलीयो टोलीलाई सेमिफाइनलमा पराजित गरेको कारण पनि त्रिभुवन आर्मी क्ललका खेलाडीको मनोबल उच्च रहेको उनको भनाइ थियो। पाँचथरले सेमिफाइनलमा बाग्मती युथ क्लबलाई १-० ले पराजित गरेको थियो । पहिलो खेलमै ए डिभिजन र नेपाल सुपर लिग खेली सकेका अनुभबी खेलाडी लिएर पाँचथर आएको सप्तरीको नमोबुद्ध क्लबलाइ हराएर राम्रो सुरुवात गरेको पाँचथरका प्रशिक्षक मिलन जबेगुले आर्मी बलीयो र सन्तुलित टिम भए पनि आफ्नो खेलाडीमा भएको उच्च मनोबलको कारण उपाधी जित्न सहज हुने बताए।
ए डिभिजन क्लब त्यहि माथि झापा जस्तो सशक्त टिमलाई हराएको आर्मी कमजोर ठान्नु गलत रहेको भन्दै जबेगुले आिफ्नो खेलाडीमा भएको उच्च मनोबले आफ्नो टिमलाई फाईदा पुग्ने दाबी गरे।
पाँचथर क्लबकाे टिम फाेटाे
‘आर्मी राम्रो खेल छ, स्पिडमा खेल्न सक्ने क्षमता भएका खेलाडी छन्,’ जबेगुले भने ’स्पिडलाई रोक्न सक्ने खुबी हाम्रो खेलाडीमा छ, त्यसैले हामी ढुक्क छौं र राम्रो खेल प्रदर्शन गर्नेछौं ।’ फागुन १२ गते सुरु भएको प्रतियोगिताको उपाधी बिजेताले रु. ५ लाख ५ हजार नगद प्राप्त गर्नेछ । उपबिजेताले भने रु. २ लाख ५५ हजारमा चित्त बुझाउनेछ ।