पाँचथर । पाँचथरमा जारी चौथो पाँचथर गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज आयोजक पाँचथर क्लब र बागमती युथ क्लब सर्लाहि बिच प्रतिस्पर्धा हुँदै छ । फिदिम माबिको खेलमैदानमा हुने खेलमा दुबै टिम जितको लक्ष्य सहित मैदान प्रबेश गर्नेछन् । आजको खेल २ः३० बजे हुनेछ ।
सर्लाहीको बाग्मती फुटबल क्लब अहिलेको मौफसलकै सर्वाधिक सफल क्बल हो । बि डिभिजनको क्लबले ए डिभिजनका क्लबहरुलाई माथ खुवाउदै आएको छ । बाग्मतीले गत साता सम्पन्न भएको छैटौं सहिद स्मृति स्थानीय तह मकवानपुर फुटबल प्रतियोगितामा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । बागमती युवा क्लब सर्लाहीले ‘सी’ डिभिजन लिग छनोटको उपाधि जित्दै बि डिभिजनमा पुगेको क्लब हो । बामतीले क्वाटरफाइनलमा पथरी ११ लाइ हराउदै सेमिफाइनल प्रबेश गरेको थियो ।
यता, पाँचथर क्लबले स्थानिय खेलाडीहरु र बाहिरका स्तरीय खेलाडीहरुको सन्तुलनमा टिम निर्माण गरेको छ । यहाँका स्थानिय खेलाडीहरुलाई अवशर दिदै राम्रा र स्तरीय खेलाडीहरुको संयोजनमा टिम निर्माण गरेको पाँचथरले क्वाटरफाइनलमा सप्तरीको नमोबुद्ध युथ क्लब लाई ३-० गोलले हराउदै पाँचथर सेमिफाइनलमा प्रबेश गरेको हो । स्थानिय खेलाडीहरुमात्र समेटेर टिम निर्माण गरेको पाँचथरले नमोबुद्ध माथि प्रभावशालि जित निकालेको थियो ।
ए डिभिजन र नेपाल सुपर लिग खेलेका अनुभवि खेलाडीहरु लिएर आएको नमोबुद्ध माथि पाँचथरका शुकराज राईले ह्याट्रिक गरका थिए ।