पाँचथर । प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुन : गठन गरिएको छ । मंगलबार फिदिममा एक समारोहको बिच प्रेस मञ्च नेपाल जिल्ला कार्य समिती पाँचथरको पुन: गठन गरिएकाे हाे । पुनर्गठित समितिकाे अध्यक्षमा उपेन्द्र येक्तेन चयन भएका छन् ।
उपाध्यक्षमा रोहित आङबो सचिवमा पदम सम्बाहाम्फे र सह-सचिवमा सुशान्त सम्बाहाम्फे चयन भएका छन् । मञ्चको कोषाध्यक्षमा तागेरा तावा चयन भएका छन् ।
सदस्यहरुमा वुद्ध लिम्वू, रोजा जवेगु, ज्योति वेघा, सेसेमा सुहाङ, उदय नेम्बाङ र पुजा सेवा सर्वसम्मतले चयन भएका छन् ।