पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले राहादानी लिन आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्धेश्यले निःशुल्क अनलाइन फाराम भर्ने सुविधा उपलव्ध गराएसँगै सेवाग्राहिहरुलाई सहज भएको छ ।
राहादानी अनलाइन फाराम र राष्ट्रिय परिचय पत्र फाराम भर्न कम्प्युटर इन्ष्टिच्युटमा जाँदा व्यसायीले मनलाग्दी शुल्क लिदा सेवाग्राहिहरु मारमा पर्दै आएका थिए । जिल्ला प्रशासन कार्यालयले राहादानी अनलाइन फाराम भर्न निःशुल्क गरेर पाँचथरका नागरिकको मन जित्न सफल भएको फालेलुङ- ६ रामकुमार राइले जानकारी दिए । उनले भने ‘प्रशासनको यो कामले सिङ्गो पाँचथरका नागरिकहरु खुशि छौं ।’
सेवाग्राहीले राहादानी लिनु पुर्व अनलाइन फाराम अनिर्वाय भर्नुपर्ने बाध्यकारी नियम भएकाले उक्त फाराम भर्दा व्यवसायीहरुले सेवाग्राहीसँग मनलाग्दी रुपमा चर्को शुल्क लिदै आएका थिए । बढी शुल्क लिएको भन्ने जनगुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय पाँचथरले कार्यालयमा अनलाइन फाराम भरिदिने व्यवस्था मिलाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयले अनलाइन फाराम भर्ने काम गरेको थिएन ।
राहादानी लिन जाने सेवाग्राहीले बाहिर वजारमा रहेका कम्प्युटर इन्ष्टिच्चुटवाट राहादानी अनलाइन फाराम भरेर मात्रै सिफारिस लिन जिल्ला प्रशासन कार्यालय जाने गर्दथे । वजारमा रहेका कम्प्युटर इन्ष्टिच्युका संचालकहरुले सेवाग्राहीसँग ३ सय देखी ५०० सय रुपैयाँसम्म रकम लिएको गुनासो सेवाग्राहीले गरेपछि जिल्ला प्रशासन कार्यालयले फारम भर्ने कार्य आफै सुरु गरेको जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातिले जानकारी दिए ।
निशुल्क राष्ट्रिय परिचय पत्र फाराम भर्न जिल्ला प्रशासन कार्यालय पाँचथरको कोठा नम्बर र राहादानिको लागी राहादानि शाखाकाे झ्याल पट्टि सम्पर्क गर्नु पर्ने जिल्ला अधिकारी मेखबहादुर मग्रातिले जानकारी दिए ।