पाँचथर । फिदिममा जारी वाइवाइ प्रथम किराँत गोल्डकपको उपाधि भिड्न्तको लागी मोरङ र बिर्तामोड तयार रहेकोे दुबै टिमका प्रशिक्षकहरुले बताएका छन् । फाइनलको पूर्वसन्ध्यामा केन्जोखबर सँग बोल्दै दुवै प्रशिक्षकले आफ्नो टिम उपाधिको लागी तयार रहेको बताएका हुन् ।
मंसिर १६ गतेबाट सुरु भएको किराँत गोल्डकपको प्रथम संस्करणको उपाधिको लागी मोरङको डागिहाट फुटबल क्लब र झापाको बिर्तामोड युनाइटेडले प्रतिस्पर्धा गर्दैछन् । शनिबार फिदिम माविको खेल मैदानमा उपाधि भिडन्त हुनेछ । डाँगीहाट फुटबल क्लब सेमिफाइनलमा आयोजक पाँचथर फुटबल क्लब हराउदै फाइनल प्रबेश गरेको हो । बिर्तामोडले सेमिफाइनलमा ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लबलाइ हराउँदै फाइनल भेट पक्का गरेको थियो ।
केन्जोखबर सँग कुरा गर्दै मोरङ प्रशिक्षक राज लिम्बुले उपाधिको लागी पाँचथर आएको बताए । बिर्तामोड पनि पनि राम्रो टिम भए पनि आफ्नो टिममा अनुभविक खेलाडीहरु भएको हुदाँ उपाधि जित्ने बताए । मोरङका क्यापटेन मानबहादुर परियाले बिर्तामोडलाई रोक्न आफुहरुको मिडफिल्डरहरु बलियो भएकाले डराउनु पर्ने अवस्था नरहेको बताए ।
यता बिर्तामोडका प्रशिक्षक राहुल खड्काले ‘पाँचथरको दर्शक र मैदानको साथ बिर्तामोडलाई रहने हुदाँ हामीलाई उपाधि लक्ष्यमा सहज हुनेछ,’ खड्काले भने । खड्काको अनुसार मोरङ बलियो प्रतिस्पर्धि भएकाले खेल सहज नहुने बताए । खड्काले आफुहरु अन्तीम समय समय उपाधिको लागी मैदानमा प्रतिस्पर्धा गर्ने बताए । यता बितामाेडका याेगेश गुरुङ पनि आफुहरु उपाधिकाे लागी खेल्न तयार रहेकाे बताए ।
प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागीता रहेको थियो । गोल्डकपको विजेताले उपाधि सहित ४ लाख ४ हजार ४ सय ४४ रुपौँया र उपविजेताले दुई लाख दुई हजार दुइ सय बाइस रुपौँया प्राप्त गर्नेछन् ।