पाँचथर । झापाको बिर्तामोड युनाइटेट क्लब पाँचथरमा जारी किँरात गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। फिदिम माबिको खेलमैदानमा बिहिबार ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लबलाई २-१ ले पराजित गर्दै बिर्तामोड फाइनल पुगेको हो। खेलमा पुनारागमन जित निकाल्दै झापा फाइनल पुगेको हो । झापाले शनिबार उपाधिका लागी मोरङ सँग प्रतिस्पर्धा गर्ने छ ।
खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा ताप्लेजुङ निराश बन्यो । बिर्तामोड बिरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको ताप्लेजुङले खेलको ८ औं मिनेटमै अग्रता लिएको थियो । कमजोर रक्षापङतीको फाइदा उठाउदै ताप्लेजुङका दिपेश लिम्बुले गोल गरेका थिए । ३० औं मिनेटमा बिर्तामोडले पेनाल्टी मार्फत गोल गर्दै खेलमा बराबरी गर्यो । ताप्लेजुङका डिफ्रेन्डले बल क्लियर गर्ने क्रममा हात बल छुदा झापाले पेलान्टी पाएको थियो । पेलान्टीमा झापाका रोमन भुजेलले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा झापाका प्रदिप बुढाथोकीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए । योगेश गुरुङले मैदानको मध्यभागबाट दिएको पासलाई सदुपयोग गर्दै बुढाथोकीले गोल गरे ।दोश्रो हाफमा ताप्लेजुङले लगातार आक्रमण गरे पनि गोल गर्न सकेन । ताप्लेजुङले दोश्रो हाफमा झापालाई लगातार दबाबमा राखेको थियो ।
पहिलो हाफको १५ औंमिनेटमा ताप्लेजुङ दिपेश लिम्बु गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन्। उनी झापाका गोलकिपर सन्दीप लिम्बु सँग वान-भर्सेज-वानको अवस्थामा चुक्दा ताप्लेजुङ निराश बन्न पुग्यो । दोश्रो हाफको अन्तीम मिनेटमा ताप्लेजुङ मनजित याङदेनको शक्तिशाली प्रहार झापाका गोलरक्षकले मुस्कीलले पञ्च गरेका थिए ।
म्यान अफ दी म्याच झापाका प्रदिप बुढाथोक बने । उनले ५ हजार रुपैयाँ प्राप्त गरे। २३ गते फाइनल रेहेको प्रतियोगिततको बिजेताले चार लाख चार हजार चार सय ४४ रुपैँया र उपबिजेता टिमले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन् ।