पाँचथर । प्रथम अन्तराष्ट्रिय आमन्त्रण किराँत गोल्डकप अन्तर्गत आज अन्तिम सेमिफाइनल खेलमा ताप्लेजुङको कणर्सिं सोनाम स्मृति क्लब र झापाको बिर्तामोड युनाइटेड बिच प्रतिस्पर्धा । पहिलो खेलमा ए डिभिजन क्लब हिमलाय शेर्पालाई हराएर ‘अन्डर डग’ टोलीको पहिचान बनाएको ताप्लेजुङ र फिदिम माबिको खेलमैदानमा सफल टोली बिर्तामोड युनाइटेड बिचको खेल प्रतिस्पर्धात्म हुने अनुमान गरिएको छ ।
कणर्सिं सोनामका डिके मादेनले पहिलो खेल खेल्न अडागी केन्जोखबर सँग ताप्लेजुङ अन्डर डग टिमको रुपमा देखा परेको र बलियो टिम रहेको बताएका थिए । उनले प्रतियोगिताको उपाधिको रेसमा रहेकोले स्थानिय युवा टोली निर्माण गरेको बताए । ताप्लेजुङले खेलमा पनि हिमालय शेर्पा माथि शनसनि पुणर् जित निकाल्दै सेमिफाइनल यात्र समेत गर्यो ।
ताप्लेजुङ क्वाटर फाइनलमा हिमालय शेर्पा बिरुद्ध बहादुरीपुर्ण जित निकाल्दै सेमिफाइनल पुग्दा बिर्तामोड युनाइटेड इलामको रेडहर्स क्लबलाई १-० गोल अन्तरको साघुरो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बिर्तामोड युनाइटेडले अनुभवि खेलाडी योगेश गुरुङ र ‘बि’डिभिजन खेलेका युवा खेलाडीहरु सम्मीलीत टोली उतारदा ताप्लेजुङ सँग युवा खेलाडीहरुको बाहुलियता रहनेछ । बिर्तामोड युनाइटेड झापा फिदिम माबिको खेलमैदानमा सबै भन्दा सफल टोली हो । उसले यस अघि यसै मैदानमा आयोजना हुने फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकपको उपाधि समेत जिति सकेको छ ।
दुबै टोलीले जितको लागी खेल्ने बताएका छन् । यो खेलको बिजेता टोली मोरङको डाँगीहाट फुटबल क्लब सँग २३ गते उपाधिको लागी खेल्नेछ । प्रतियोगिततको बिजेताले चार लाख चार हजार चार सय ४४ रुपैँया र उपबिजेता टिमले दूई लाख दूई हजार दूई सय २२ रुपैँया प्राप्त गर्नेछन्
टिम बिर्तामाेड युनाइटेड