पाँचथर । पाँचथरमा जारी प्रथम किराँत गोल्डकपमा आयोजक पाँथर फुटबल क्लब पाँचथरलाइ टाइब्रेकरमा हराउदै डाँगीहाट फुटबल क्लब मोरङ उपाधि नजिक पुगेको छ । बुधबार फिदिम माबिको खेलमैदानमा भएको निर्धारित ८० मिनेटको सेमीफाइनल खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकमा पाँचथर फुटबल क्लब लाई ४-१ गोल अन्तरले हराउदै मोरङ फाइनल प्रबेश गरेको हो । फाइनल प्रबेश गरेको मोरङले शनिबार कणर्सिं सोनाम स्मिृति क्लब र बिर्तामोड युनाइटेड बिचको बिजेता सँग उपाधिको लागी प्रतिस्पर्धा गर्ने छ । टाइब्रेकरमा डागीहाटका उमेश कार्कि,उमेश राई,सञ्जय धिमाल र अभिशेक लिम्बुले गोल गर्न सके भने पाँचथर तर्फबाट असिम राईले मात्र गोल गर्न सके । पाँचथरका रोशन आङदेम्बेको प्रहार आकाशिदा प्रकाश धमलाको प्रहार मोरङका गोल रक्षकले उत्कृष्ट बचाउ गरे गरे ।
खेलको म्यान अफ दि म्याच मेरङका गोल रक्षक प्रमिजय गच्छेदार घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरे । भोलिको खेर्ल कर्णसिं साेनाम स्मिृति क्लब ताप्लेजुङ र बिर्तामोड युनाइटेड बिच हुनेछ ।